suekhet
bheriad

म्याद थपेर दिपक मनाङेमाथि अनुसन्धान गरिदै ,

lekabesi

माघ १० ,कास्की – गण्डकी प्रदेश सभाका सांसद ‘दीपक मनाङे’ राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ ।

मनाङेलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए ।

गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी रहेको पनि डीएसपी केसीले जानकारी दिए ।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेकाे थियाे ।

गुरुङले संचारकर्मीको प्रश्नमा समेत फटाहालाई कुट्ने हो प्रहरी कहा लैजाने होइन भन्ने समेत प्रतिक्रिया दिएका थिए तर तेही बोलि उनीमाथि लागु हुन भयो ।