suekhet
bheriad

सुर्खेतबाट ८ लाख घुससहित गाँउपालिका अध्यक्ष पक्राउ ,

lekabesi

माघ १० ,सुर्खेत – सुर्खेतबाट ८ लाख घुससहित जाजरकोट चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी पक्राउ परेका छन् ।,उनि संगै अर्का चन्द्रबहादुर बस्नेतसपनि पक्राउ परेका हुन् ,।

उनीहरुलाई ८ लाख घुससहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कट्कुवा हेल्थपोष्ट नजिकैबाट शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीसहित अर्का ब्याक्तिलाई लाई पक्राउ गरेको हो ।