suekhet
bheriad

अन्नपुर्ण चिनीमिलमा किसानले ताला लगाए संगै आन्दोलनको तयारि ,

lekabesi

माघ ११ ,काठमान्डौ – उखु किसानको बक्यौता रकम नदिएपछि किसानले सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलमा तालाबन्दी गरेका छन् , ।

प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको अगुवाईमा किसानहरुले चिनीमिलमा अवरोध संगै तालाबन्दी गरेका छन् भने आफ्नो रकम फिर्ता नगरे तत्कालै आन्दोलन गर्ने किसानहरुले बताएका छन् ।

, अन्नपूर्ण चिनी मिलका संचालक राकेशकुमार अग्रवालले उखु किसानको ४२ करोड रुपैयाँ तिर्न बाँकी छ ।यस अघिपनि उखु किसान सर्लाहीबाट काठमान्डौ आएर माईतिघर मण्डलामा आन्दोलन गरेका थिए।

सरकारले आफुले ७ दिन भित्र उखुको पैसा उपलब्ध गरीदिने भन्दै ५ बुँदे सर्त गरि आन्दोलन स्थगित गर्न लगाएको थियो ।

उद्योगमन्त्रिले मन्त्रालयले पत्राचारगरि मिल सञ्चालकको बैंक खाता रोक्का गर्न पनि जानकारी गरेका थिए। ४२ करोडमा मिलले ३ करोड ९० लाख रुपैयाँ दिएको बताएको छ।

, शनिबार एकाएक अन्नपूर्ण चिनी मिलले चिनी लोड गर्न लागेको थाहा पाएपछि किसानहरु त्यहाँ पुगेका थिए।

प्रदेशसभा सदस्य सिंह भन्छन्, ‘म विहान ८ बजेतिर मिलमा पुग्दा किसानहरु जम्मा भइसकेका थिए ।

उनीहरुले मिलमा ताला लगाएका छन् ।मिल प्रशासनले भने चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति भएको र स्थानीय प्रशासनको चिनी सहजिकरणमा चिनी लोड गर्न लागिएको बताएको छ ।

चिनी मिलका लेखापाल शिवनाथ यादवकाअनुसार उद्योगमा करिव ८ हजार क्वीन्टल चिनी मौज्दात छ,। जसमध्ये १० ट्रक काठमाडौं पठाउन खोजिएको थियो ।

सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले पनि उद्योग र गृह मन्त्रालयको अनुरोधमा आफूहरुले चिनी बिक्रीका लागि सहजीकरण गर्न खोज्दा अवरोध भएको बताए ।

‘स्टक चिनी सरकारकै निगरानीमा बिक्री गरेर किसानलाई पैसा दिने भन्ने छ र त्यसैका लागि सहजीकरण थालेका हौं’ प्रजिअ जिसीले भने ।

किसान हरुले भने मिलको गेट बाहिर टायर बालेर प्रदर्शन गरेका छन् भने सडक पनि अवरोध गरेका छन् मिलले चिनी बेचेर कृषकको पेशा दिने सहमत गरेको छ।

,हाल स्टक भएको चिनी बेच्दा धेरैमा ६ करोडसम्म आउने बताइएको छ ।उक्त रकम कति किसानले पाउने भन्ने मात्र छ कुरा त ४२ करोडको हो।

काठमान्डौमा आन्दोलन गर्दापनि बाँकी रहेको चिनी बेचेर बाँकी रकम किसानलाई दिने सहमत थियो तर अहिले आएर किसानहरुले चिनी मिलमा ताला लगाए तेसो भए कँहा कसको कमजोरी देखियो ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए मा आजको आन्दोलनमा उपस्थिति छैन ,।

चिनी मिल कांग्रेस नेताहरुले उखु किसानलाई उचालेको आरोप लगाएको छ भने स्थानीय प्रशासनले कसलाई किसान भन्ने कसलाई नभन्ने अन्यौल भएको प्रक्रिक्रिया दिएको छ ।

किसान हरुले चिनी लोड गरिएका तिन ट्रक र चिनी लोड नगरीएका चार ट्रकलाई भित्र राखेर ताला लगाईदिएका छन् जसमा आम नागरिकले भनेका छन्।

फेरी पनि सरकारले किसानलाई धोका दिएको भन्दै सामाजिक संजालमाभरि आलोचना गरिएको छ।