सुर्खेत बडाखोली मावि को ४६ औ वार्षिकोत्सव सम्पन्न,

माघ ११ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका ६ स्थित नेपाल राष्ट्रिय मा.वि. बडाखोलीले आफ्नो ४६ औ वार्षिकउत्सव मनाएको छ।

,शनिबार विद्यालयमा एक विशेष कार्यक्रमका बीच वार्षिकउत्सव भव्य रुपले सम्पन्न भएको हो ,।

lekbesi

विद्यालय व्यवस्थापनका अध्यक्ष दुर्गा बहादुर नागालको अध्यक्षतामा र सुर्खेत क्षेत्र न ,१ का माननीय धुर्ब कुमार शाहीको प्रमुख अध्यक्षमा विद्यालय प्राङ्गनमा विभिन्न कार्यक्रमका बीच वार्षिकउत्सव मनाईएको थियो।

,जुन मा वि बडाखोलिको विद्यालयलाई नेपाल सरकारले २०७४ सालमा नमुना विद्यालय घोषणा गरि विभिन्न शिर्षकमा रकम समेत विनियोजन गरि भवनको नवनिर्मित कार्य अगाडी बढिरहेको छ ।

,नवनिर्मित विद्यालयको ८ कोटे भवनको आजनै माननीय सांसद धुर्व कुमार शाहीले उद्घाटन गरेका छन् ।

,विद्यालयका प्रधानाध्यापक ढाल ब खत्रीले विद्यलायालई थप उचाईमा पुर्याउन सबै सरोकार वालाहरुको सहयोग र साथ् आवस्यक रहेको बताए ।

,खत्रीले विर्षिकउत्सवमा विद्यालयको आर्थिक वर्ष २०७५/७६ को आयव्यय सहितको शैक्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए।

कार्यक्रममा उत्कृष्ट विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयका लेखापाल भिमप्रकाश ओलीले रंग दर्पणलाई जानकारी दिए।

कार्यक्रममा शिक्षकतर्फ राम बहादुर बि.क. अभिभावक तर्फ उदे कामी र चन्द्रा थापाका साथै एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी अनु केसीकी आमा रेश्मा खत्रीलाई सम्मानित गरिएको छ ।

फोटो श्रोत भिम प्रकाश ओली ,