सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित ,

माघ १२ ,काठमान्डौ – प्रतिनिधिसभाको सभामुखपदमा अग्निसापकोटा निर्विरोध निर्वाचित भएका छन् ,।
आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।


नेम्वाङको प्रस्तावलाघ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
अग्नि सापकोटालाई सभामुख बनाउन प्रतिपक्षदल नेपाली कांग्रेसले पनि सहमति गरेको थियो ।
तिन दशक देखि लामो राजनीति तथा शैक्षीक क्षेत्रको नेतृत्व तहमा रहेको अनुभव रहेका जनयुद्द शान्ति वार्ता हुँदै नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अग्रस्थानमा अग्नि प्रसाद सापकोटाको अनुभव लामो छ ।
