सांसद मनाङे ६ हजार धरौटीमा रिहा भन्छन मजाले बसे आए अब रक्सि खाने हो ,

माघ १२ ,कास्की – गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे राजिव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई ६ हजार धरौटीमा छाडेको हो ।

रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए ।

हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला, भित्र (हिरासतमा) खान पाउँदैन नि त ।

यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

कास्की फुटवल संघ एन्फाका अध्यक्ष मिलन गुरुङमाथि अभद्र व्यवहार गरेको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो।

,उता मनाङे गुरुङलाई मुद्दा दायर गर्ने मिलन गुरुङ भने तेस्को भोलिपल्ट चेक बाउन्स र धम्धम्कीको आरोपमा पक्राउ परेका छन्।