संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्छु, सभामुख सापकोटा,,
माघ १२ ,काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन्।
सभामुखमा निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए।
‘लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहनेछु’, सापकोटाले भने।
सर्वोच्चमा तपाईलाई रिट परेको छ भन्ने संचारकर्मीको प्रश्नमा भने उनले यो विषयमा अर्कोपटक कुरा गरौला भन्दै जवाफ दिएनन। ,प्रतिपक्षिदल नेपालि कांग्रेसले पनि सापकोटालाई सभामुखमासहमति जनाएको थियो। ,