आस्था रावतलाई थप चारदिन हिरासतमा राखिने ,भन्छिन तिललाई पहाड नबनाईदिनुस ,
माघ १३ ,काठमान्डौ – गायिका आस्था रावतलाई थप चार दिन हिरासतमा राखिने भएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।
रावत आज बिहान मात्र आफै प्रहरीसामु आत्मसमर्पण गर्न टेकु पुगेकी थिइन् ,उनलाई उनका आफन्तले टेकु सम्म लैजानमा सहयोग गरेका थिए ,।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी रमिशा श्रेष्ठले आफुलाई रावतले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकि थिईन ।
रावत र डिउटिमा खटिएकि प्रहरी महिला रमिला श्रेष्ठबीच माघ महिनाको पहिलो सातातिर त्रिभुवन विमानस्थलमा तँ तँ र म म भएको थियो।
,विमानस्थलबाट बाहिरिएपछि आस्थाले आफ्नो सामाजिक संजालमा प्रहरीले महिलाले आफूमाथि अभद्र दुर्व्यवहार गरेको भन्दै प्रहरी हरुलाई गालि गलौज गरेकी थिईन।
टेकु प्रहरीले अदालतबाट म्याद थपेपछि संचारकर्मीसंग कुरा गर्दै आस्थाले आफुलाई प्रहरीले पूर्ण रुपले सहयोग गरेको बताईन ,।
उनले भनिन कृपया तिललाई पहाड नबनाईदिनुहोला म एकदम ठिक छु ,।