ललिता निवासको जग्गा अतिक्रमण गर्नेलाई छिट्टै कारवाही हुन्छ ,

माघ १४ ,काठमान्डौ – वालुवाटारस्थित ललिता निवासको जग्गा हडप्नेमाथि छिट्टै कारवाहीको थालनी थालिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताएकि छिन ।

,सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि अर्यालले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मन्त्रालयले छानबिन गरिरहेको जनाइन् ।

अर्यालले अतिक्रमित जग्गा सरकारका नाममा ल्याउन मन्त्रालयले पहिल्यै काम सुरु गरेको दाबी गर्दै सर्वोच्च अदालतले प्रश्न उठाएका कारण ढिला भएको दाबी गरिन् ।

सार्वजनिक सरकारी जग्गा जाँचबुझ आयोगको प्रतिवेदनअनुसार ४ सय ४६ बिघा ४३ रोपनी अतिक्रमित जग्गा फिर्ता गरिने उनको भनाइ छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सीआईबीले अतिक्रमणमा संलग्न सयौं व्यक्तिको बयान गराउँदा जग्गा फिर्ता लिन र कारबाही गर्न ढिलाइ भएको हो,’ उनले भनिन् ।