suekhet
bheriad

भारत जानु पहिले पार्टी एकता गर्नपर्ने प्रचण्डको भनाईप्रति प्रधानमन्त्री ओली पनि सहमत ,,

lekabesi

चैत ११ – प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण जानु भन्दा पहिले नै एमाले-माओवादी पार्टी एकता हुन पर्ने माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताब गरेका छन् ।साथै प्रधानमन्त्री ओली पनि यो बिषयमा सहमत भयको स्रोतले जनायको छ, ओली चैत २३ देखि २५ गते सम्म भारत भ्रमण जादै छन् ।

साथै यो बिषयमा प्रधानमन्त्री ओलीले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्। दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीले पनि छिटै यो विषयमा टुंगो लगाउन पर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रि ओलीले ८ गते बिहीबार पनि अध्यक्ष प्रचण्ड संग भेटेर आफ्नो भ्रमण बारे कुराकानी गरेर १४ गते भित्र पार्टी यक्ताको सहमति र टुंगो लगाउन पर्ने जानकारी दियका थिय। ओलीले यस्तो प्रस्ताव राखे पछि आफ्नै निवास खुमलटारमा बसेको माओवादी पार्टी नेताहरूको बैठकमा दाहालले ओलीले आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकता टुंग्याउन प्रस्ताव राखेको खुलासा गरेका थिए। पार्टी एकता ओलीको २३ गते भारत भ्रमण अगाडिनै गरि सक्ने दुवै पार्टी कर्लायामा आ आफ्नो ठाउँ बाट बिशेष छल फल भईरहेको छ।