सभामुख अग्नि सापकोटाविरुद्दको मुद्दाको आजपनि सुनुवाई हुने ,

माघ १४ ,काठमान्डौ – प्रतिनिधिसभा सभामुख अग्नि सापकोटा विरुद्द परेको मुद्दाको आजपनि सुनुवाई हुने छ ।

हिजो सोमबारको सुनुवाईमा समय नपुगेर न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हेर्दा हेर्दैमा राखेको थियो ।

आज मंगलबार पनि सभामुख सापकोटाको सुनुवाई न्याधिस सपना मल्लको ईज्लासमा हुने छ ।

lekbesi

अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए ।

सभामुखमाथि लागेको अभियोगबारे सर्वोच्चमा सोमबारबाट बहस सुरु भएको छ । पहिलो दिन निवेदकको तर्फ त्रिपाठी, सुनील पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका छन् ।

सभामुखमा सापकोटा निर्विरोध चयन भएर आफ्नो कार्यभार समालिरहेका छन्।