चीनमा रहेका नेपालि विद्यार्थी भन्छन यहाँ अब लगाउने माक्स पनि पाउदैन हाम्रो उद्दार गर नेपाल सरकार ,

माघ १४ ,काठमान्डौ – चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।

युवाहन शहरका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई पनि भाइरसको संक्रमण हुनसक्ने भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

वुहानबाट सम्पर्कमा आएका अधिकांश विद्यार्थीहरुले बेइजिङस्थित नेपाली दूतावासले आफुहरुलाई उद्दार गर्नेमा आस्वासन मात्र दिएको तर उद्दार नगरेको हुनाले नेपाल सरकारले नै आफुहरुको उद्दार गर्दिन आग्रह गरेका छन्।

चीनमा बाहिर समाचार आएभन्दा पनि कोरोनाको संक्रमण बढी रहेको नेपालि विद्यार्थी बताउछन ,।

नेपालि विध्यर्थिको अब चीनमा रासन पानि समेत बन्द हुनेवाला छन् एक विद्यार्थीले भने ।

साना तिना पशल सबै बन्द छन् ठुला सुपरमार्केट जानुपर्यो भने डर लाग्छ ,तरकारी किन्न पर्दा पनि दुई घण्टा लाईन लाग्छ उनले भने ।

चीनमा रहेका नेपालि मध्ये अहिले ६० जनालाई कोरोना संक्रमण देखिएको छ ।बेइजिङस्थित नेपाली दूतावासलाई पनि वुहान सहर वा हुबेई प्रान्तमा कति नेपाली विद्यार्थी छन् भन्ने पत्तो छैन।

अहिले जताततै कोरोन को संक्रमण बढेपछि एक अर्कामा हात मिलाउन देखि टाढा रहन चीन सरकारले सबैमा सूचना जारि गरेको छ।

,विकप्लामा च्याटबाट कुरा गर्न सकिने समेत चीनमा बताईएको छ ,अहिले बजारमा लगाउने मस्क पनि पाईदैन ,।

चीनमा रहेका सरकारी कार्यालय ,स्कुल ,कलेज अनिश्चितकालका लागि बन्द भएको सूचना आएको छ।

संक्रमितको उपचारमा संलग्न १४ जना डाक्टरलाई पनि सरेको छ रे। त्यसमा पनि एकजनाको मृत्यु भएको छ।

जसले गर्दा संक्रमितबाट प्रभावित देखि नेपाली विद्यार्थीहरु डराईरहेका छन् ,चीनमा हाल १०४ जनाको कोरोना भाईरसका कारण मृतु भएको छ भने ४ हजार भन्दा बढी ब्याक्तिमा यो भाईरस संक्रमित छ ।

,हाल यो भाईरस नेपाल ,जर्मनी, फ्रान्स, अमेरिका तथा अस्ट्रेलियामा भेटिएका छन्। तेती मात्र नभई चीनको टेबुल ,माटो ,कुर्सिमा समेत यो भाईरस फेला पर्ने गरेको छ।