गायिका आस्था रावतलाई आजै छोड्न नेकपाको दवाब ,
माघ १४ ,काठमान्डौ – गायिका आस्था रावतलाई प्रक्रिया पुर्याएर आजनै छोड्न नेकपाका पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले बताएका छन् ।
,आस्था रावतपनि दोलखाकी गायिका हुन् ।,पोख्रेल दोलखाबाट पटक पटक निर्वाचित पुर्व मन्त्रि हुन् उनले भनेका छन् ।
आस्था रावतको गल्ति हिरासतमा राखेर अनुसन्धान गर्ने गल्ति नभएको हुँदा प्रशाशनले विवेक पुर्याउन पर्ने बताएका छन्।
,आस्था रावतलाई ४ दिन सम्म हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय प्रति सामाजिक संजालमार्फत चर्को विरोध भएको छ ।
,आस्थाले आफुले गरेको गल्ति महसुस गरिसकेको र आफै प्रहरीसामु पुग्दा पनि ४ दिन हिरासतमा राख्छु भन्नु लजास्पद विषय रहेको हो भन्दै चर्को विरोध भईरहेको छ ।
प्रक्रिया पुर्याएर आस्थालाई मंगलबारनै छोड्न नेकपाका नेता कार्यकर्ता सांसदले दबाब दिएका छन्।
,आस्थाले गरेको उताउलो पनमा सहमति हुन सकीएन तर झन् पुलिसको आस्थामाथिको अतिमा सहमत हुन सकिन्न ।सम्झाएर घर पठाउ नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा भन्छन ।
,तेस्तै नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाले पनि ।आस्था राउतमाथि प्रहरीले अन्याय गरेको भन्दै माफी मागिसकेपछि हिरातसमा राख्नुले पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको टिप्पणी गरेकी छन् ।
यस्तै गरि आस्था रावतलाई ४ दिन सम्म हिरासतमा राख्ने निर्णयप्रति कलाकारको पनि सामाजिक संजालमा चर्को आलोचना छ ।