सुर्खेत तनावग्रस्त भोलि बिहान सम्मको लागि कर्फ्यु जारि ,

माघ १४ ,सुर्खेत – कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा टिप्परले युवकको मृत्युपछि आज दिनभर सुर्खेतबजार तनावग्रस्त रह्यो ।

,युवकको मृतुपछी वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।

मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी वषन्त अधिकारीले जानकारी दिए।

lekbesi

भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो ।

त्यसलगत्तै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए ।

प्रशासन कार्यालयले कर्फ्यू आदेश सूचना जारी गर्दै पूर्वमा ईत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लाग्ने जनाएको छ।

उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन अहिले सम्म रोकीएको छैन ,टिपर चालकलाई नियन्त्रणमा लिईसकेको छ ।

तर पनि आन्दोलन नरोकीएपछि प्रसाशनले कर्फु जारि गरेको हो ।प्रसाशन र पिडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भएपनि आन्दोलन नरोकीएको समस्या उत्तपन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।

कर्फ्यू लागेको समयमा तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन वा अन्य कुनै पनि काम गर्न नपाईने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यू तोड्ने जो कोहीलाई पनि आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने भन्दै प्रशासनले आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ।

आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द समेत गरेका छन् भने आगजनी तोडफोडमा उत्रेका हुन् ।

आन्दोलन उग्र बनेपछि नियन्त्रणमालिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाइ फायर गरेको छ ।जसबाट केहि आन्दोलनकारी घाईते भएका छन्।