आफैले बोकेको बन्दुक पड्किदा बर्दियामा प्रहरी जवान घाईते ,

माघ १४ ,बर्दिया – आफैले बोकेको बन्दुक पड्किदा बर्दियामा एक प्रहरी जवान घाईते भएक छन् ।,

विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका एक जना प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको छ ।,

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत् प्रहरी विप्लव समूहका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो ।

त्यहाँ भुलवश आफैले बोकेको बन्दुक पड्किएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।,

घाइते चौधरीको नेपालगन्जको भेरी अस्पतालमा उपचार भईरहेको छ। विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरिएको छ भने दुई जना फरार छन्।,

पक्राउ पर्नेमा जयबहादुर ठाडा मगर र रोहित सुनार छन् । मगर विप्लव समूहको जिल्ला जनपरिषदका अध्यक्ष हुन् ।,