Simta
Simta
lekbesi

सुर्खेतमा प्रहरीले हवाईफायर हैन गोलि हान्यो ८ जना घाइते नामावली सहित ,

Gurvakot

माघ १४ ,सुर्खेत – सुर्खेतमा प्रहरीले गोलि चलाउदा ८ जना घाईते भएक छन्। ,घाइते हुनेहरुमा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हृदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत छन्।

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेको थियो ।

आन्दोलन रोक्न खोज्दा आन्दोलनकारी प्रहरीमानै ढुंगामुढा गर्न जाईलागेका थिए आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि प्रहरीले गोली चलाएको हाे।आन्दोलनमा २० प्रहरी पनि घाईते भएका छन् ।,

lekbesi

प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन्। आन्दोलन चर्किदै गएपछि मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासन कार्यालयले कर्फ्यू आदेश सूचना जारी गर्दै पूर्वमा ईत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लाग्ने जनाएको छ।

भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो ।

उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन अहिले सम्म रोकीएको छैन ,टिपर चालकलाई नियन्त्रणमा लिईसकेको छ ।

No photo description available.

Simta