नेकपाको केन्द्रिय बैठक भोलिबाट मन्तव्य संगै सातै प्रदेशको रिपोटिङ् ,
माघ १४ ,काठमाडौ – भोलिदेखि सत्तारुढदल नेकपा केन्द्रीय कमिटिको बैठक सुरु हुनलागेको छ ।
,राष्ट्रियसभा गृहमा विहान ११ बजे बोलाइएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
जसलाई उद्घाटन मन्तव्य भनिएको छ। मन्तव्य मात्र भनीएपनि नेकपा पार्टीमा पछिल्लो समयमा देखिएको विवादबारे विषयमापनि सम्बोधन गर्ने संकेत रहेको नेकपाकाहरुले बताएका हुन्।
, केन्द्रीय कमिटीको अघिल्लो दिन बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उठेका विषयहरुमा बोल्नुपर्यो भनेका थिए ।
केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपत्यका बाहिर रहेका नेताहरु काठमाडौं आउन थालेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गरेका हुन् ।
यस्तै सातै प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।