नेकपाको महाधिवेशन २०७७ चैत्र अन्तिममा ,
माघ १५ ,काठमान्डौ – नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड पुष्पकमल दाहालले ०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन् ।
बुधबार सुरु भएको केन्द्रिय बैठकमा केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।
प्रस्तवामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ ।
२०७७ भदौदेखि मङ्सिरसम्म सबै स्थानीय तह र प्रदेशतहका अधिवेशन सम्पन्न गर्ने पनि प्रतिवेदनमा बताईएको छ।
,उक्त राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि देशव्यापी अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
उक्त अभियान आगामी फागुन १ देखि सुरु भएर असार मसान्तमा सम्पन्न गर्नुपर्ने योजना अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गरेका हुन् ।