विभिन्न शैक्षिक संस्था कार्यालयको नक्कली छाप बनाउने रुकुमका पारसमणि ओली र श्याम कुमार पक्राउ ,

माघ १५ ,काठमान्डौ – विभिन्न शैक्षिक संस्थाहरुको कार्यालयको नक्कली छाप बनाउने ब्याक्ति हरुलाई प्रहरीले पक्राउ गरेको छ ।

,पक्राउ पर्नेमा रुकुम चौरजहारी न.पा. वडा नं. १३ घर भई हाल भक्तपुर ठिमी बस्ने २१ वर्षका पारसमणी वली र सप्तरी राजबिराज न.पा. वडा नं. ७ हाल काठमान्डौ महानगरपालिका २८ बागबजार बस्ने वर्ष ३९ का श्याम कुमार साह रहेका छन् । उनीहरुले

सिटिईभिटी तथा अन्य सरकारी कार्यालयहरुको नक्कली छाप बनाई गैरकानूनी रुपमा आफूसंग राख्ने र बिभिन्न कागजातहरु समेत तयार गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ।

विशेष सुचनाको आधारमा खटिएको महाअपराध शाखाको टोलीले गत १३ गते पारसमणि ओलीलाई मध्यपुर ठिमी न.पा. वडा नं. २ बाट पक्राउ गरेको थियो भने श्याम कुमारलाई बागबजारबाट पक्राउ गरिएको थियो।

दुवैलाई साथमा लिएर उनीहरुको कोठा छानबिन गर्दा महाशाखाको टोलीले सिमकार्ड, पासपोर्ट, स्मार्ट लाईसेन्स र सरकारी छापहरु बरामद गरेको छ।

तेस्तै उनीहरुको साथबाट रकुम चौंरजहारी न.पा. छाप , कन्ट्रोलर अफ ईक्जामिनेशनको छाप,रम्भादेबि टेक्निकल कलेजको छाप, टेक प्रसाद वली बोर्ड चियरम्यानको छाप ,एसियन ईन्जिनियरङ्को छाप ,बिभिन्न क्याम्पस चिफका छापहरु,. प्रिन्टरमा प्रयोग गरिने विभिन्न रंगको मसीहरु सर्टिफिकेट, सवारी चालक अनुमति पत्र बनाउन र फोटो छाप्न प्रयोग हुने कागजहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई लिखित सम्बन्धि कसुर मुद्धामा आवश्यक अनुसन्धान कारवाहीको लागी महानगरीय प्रहरी वृत्त,ठिमि, भक्तपुर पठाईएको छ।