रसुवागढी तातोपानीबाट नेपाल भित्रिने पर्यटकलाई नेपाल आउन रोक ,

माघ १५ ,काठमान्डौ – रसुवागढी तातोपानीबाट नेपाल भित्रिने पर्यटकलाई नेपाल आउन रोक लगाईएको छ।

चीनमा कोरोना भाईरसको संक्रमण बढेपछि चीनबाट नेपाल भित्रिने पर्यटकलाई रोक लगाईएको हो ।

,नेपाल–चीन दुवैको सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

कोरोना भाईरसबाट चीनमा हाल सम्म सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजार भन्दा बढी संक्रमित छन् ।

कोरोना भाईरस विभिन्न देशमा फैलीएको छ भने नेपालमा पनी यो भाईरसका संक्रमित बिरामीहरु भेटिएका छन्।