हुँदैन उज्यालो मिर्मिरे तारा झरेर नगए बन्दैन मिलुक दुई चार सपुत मरेर नगए ,
माघ १६ ,काठमान्डौ – देश र जनातो लागि आफ्नो जिउ ज्यान समर्पित गरि बलिदान गरेका महान सपुत हरुको सम्झनामा आज शहिद दिवस मनाईदै छ।
,नेपालि र नेपालको लागि जहानियाँ राणाशाशनविरुद्द लडदालड्दै आफ्नो वलिदानी गर्ने शहिद महान ब्याक्ति धर्मभक्त माथेमा ,शुक्रराज शास्त्री ,गंगालाल श्रेष्ठ ,दशरचन्द ठाकुरको सम्झनामा प्रतेक वर्ष माघ १६ गते शहिद दिवस मनाउने गरिन्छ।
,निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।
शहीद दिवस मूल समारोह समितिले आजको दिन लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
विगतका वर्षमा भने आज सहिद दिवसको दिन नेपालमा असर्वाजानिक विदा दिने गरिन्थ्यो।
,यो वर्षबाट भने सरकारले शहिद दिवसका दिन सार्वजानिक विदा कटौती गरेको छ ,तेस्तै आजै लखन थापा सहिद दिवस पनि मनाईदै छ ,उनि नेपालका प्रथम शहिद हुन्।
हुँदैन उज्यालो मिर्मिरे तारा झरेर नगए बन्दैन मिलुक दुई चार सपुत मरेर नगए ,