Gold

सुर्खेत गुर्भाकोट नगरपालिका ३ मा नेकापा भित्रनै किचलो सपथ ग्रहण कार्यक्रम बहिस्कार ,

Naumule Migrate

माघ १६ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका ३ मा नेकपा भित्रनै किचलो र मेरै भन्ने प्रवित्री हावी भएको छ।

,सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी नेकापाको केन्द्रिय कमिटिको सरल नियम समेत प्रयोग नगर्दा गुर्भाकोट सुर्खेतमा नेकपाको राजनीति डरलाग्दो देखिनछ ।

,पार्टीको विधि र विधानलाई उल्लघन गर्दै जाने र आफ्नै पार्टीका कार्यकर्तालाई लत्याउदै जानेहो भने गुर्भाकोटमा नेपका भन्ने पाटी थियो र ? भन्ने समयपनि न आउला भन्न सकिन्न ।

,तसर्थ गुर्भाकोट ३ मा नेकापा भित्रको असन्तुस्टलाई तत्काल सच्याउन गरुरी देखिन्छ ।

,नेकपा केन्द्रले स्पस्ट कार्य विधि र विधान तोकेर सबै प्रदेश ,नगरपालिका हुँदै ,गाँउपालिका ,वडामा उल्लेखित नियम तोकेपनि गुर्भाकोट ३ मा भने यो नियम लागु हुन सकेन ,।

के हो वास्तविकता ,नेकपाको केन्द्रिय कार्यालयले नै नेकपा सत्तारुढदल भनेर घोषणा गरेको छ ।

जसको कारण हो अध्यक्ष पर्व एमाओवादीको रहे सचिवमा पुर्व एमाले वा सचिव माओवादीको रहे अध्यक्ष एमालेको ।यो नियम ७७ जिल्लमा लागु छ ।

तर गुर्भाकोट ३ मा यो नियम र विधि लागु सकेन, नेकपा साबिकको गुर्भाकोट नगरपालिका धारापानी वडा न ३ का तत्कालिन वडा अध्यक्ष तुला बिस्ट हुन् ।

तुलारामलाई पार्टीले कुनै पनि सोध खोज नगरी हाल वडा कमिटि गठन गर्दा पुर्व माओवादीबाट रिम बहादुर बिस्ट लाई चयन गरेको छ भने एमाले बाट गणेश बुढालाइ चयन गरेको छ ,।

उक्त विषयमा वडा कमिटि गठनमा असन्तुस्ट र कार्यविधि विपरित रहेको हुँदा सो विषयमा छलफल गरि पाँउ भन्दै २०७६ /९ /२५ गते तुलाराम बिस्टले नेकपा जिल्ला कमिटि सुर्खेतमा निवेदन समेत पेश गरेपनि उक्त विषयमा कुनै पनि सुनुवाईनै भएन।

,पार्टीभित्र कुनैपनि उमेद्वार सदस्य ,कर्मचारीले असन्तुस्ट भए सम्बन्धित ठाँउमा गुनासो राख्न पाउने र सोको प्रतिक्रिया पाउने अधिकार छ ।

तर नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटि सुर्खेतले तुलाराम बिस्टको गुनासोलाई कुनैपनि तवरले हेरेन ,।जसको कारण आज यो विषय गुर्भाकोट ३ मा जटिल बन्दै गएको छ।

गत पौष २५ गतेको नियमलाई पार्टीले नै वेवास्था गरेपछि गुर्भाकोट ३ मा आज नेकपाको सपथ ग्रहण कार्यक्रमनै बहिस्कार गरिएको छ ,।

गुर्भाकोट ३ मा आज १६ गते नेकपाको सपथ ग्रहण कार्यक्रम तोकीएपनि गत पौष २५ गतेको नियम र विधानलाई पार्टीले प्रस्ट नपारे सम्म आफुहरुले पार्टीको सपथ ग्रहण बहिस्कार गरेको नेकपाका कार्यकर्ता बताउछन ।

,नेकपाको करिब दुई दर्जन कार्यकर्ताले गुर्भाकोट ३ को सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् ,।

यो पनि पढ्नुहोस ,
तिलवीर वलीले पनि गुर्भाकोट ३ को नेकापाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेपछि नेकपा भित्र थप चुनौती र संकट देखिन्छ ।

तिलवीर वली पुर्वएमाओवादीका जनयुद्दकाल देखि संकटकाल सम्मका बरिस्ट नेता तथा कार्यकर्ता हुन् ।उनको राजनीतिक यात्रा धेरै लामो गौरवपूर्ण छ

,नेकपाले पार्टीको विधि र विधानलाई नै छोडेर अगाडी बढेपछि आफुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको वलीले बताए ।

,ओली सहित दिनेश वली ,निम बा वली ,सास बा बुढा,पदम बा बुढा ,तिल बहादुर वली ,मन कुमारी ओली ,मन कुमारी खत्री ,सुर्य ब ओली ,श्याम ब खडका ,मोतीराम बस्याल ,दलबीर बस्याल ,शिब शक्ति ओली ,सरिता बुढा ओली लगायत दुई दर्जन बढीले आज १६ गते नेकपाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका हुन्।

,गत २५ गते जिल्ला पार्टी कार्यालय सुर्खेतमा पाठाएको निवेदनको नियम संगत जवाफ नसच्याए आजको मितिबाट आफुहरु नेकपा वडा कमिटिमा नरहने जानकारी समेत विज्ञप्तिमा उल्लेख छ ।

Naumule Badhipahiro