गोरखामा टिप्परको ठक्करबाट महिलाको ज्यान गयो ,

माघ १७ ,काठमान्डौ – आज भोलि टिप्पर आतंक जताततै देखिन्छ ,सुर्खेतको टिप्पर आतंक घटना सेलाउन नपाउदै गोरखामा टिप्परले महिलाको ज्यान लिएको छ।

गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले गोरखा १० अमलापानी घर भएकी मनमाया तामाङलाई किचेर ज्यान लिएको हो ।

,स्थानीय एक विद्यालयमा दूध पुर्‍याउन जाँदै गरेकी ५२ वर्षीया मनमायालाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको र मनमाया भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको स्थानियले बताएका छन् ।

। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनापछि आक्रोसित समुहले टिप्परमा आगजनी गरेको छ भने क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् ।

आक्रोसित समुहले उक्त क्रसर उद्योग बन्द गर्न साथै पिडितलाई उचित राहत दिन भन्दै शव उठाएका छैनन् ,।

क्रसर उधोग अवैध भएको समेत स्थानीयले दाबी गरेका छन् ,गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडानम्बर १० स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय प्रशासनले पीडित पक्ष र क्रसर सञ्चालकबीच वार्ताको पहल भइरहेको जनाएको छ ।टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ,