कैलालीमा मान्छे मारेर एसरि भाग्छन गाडी दोषी पत्ता लगाईदिन आफन्तको सडकमा विलौना ,

माघ १८ – कैलाली – कैलालीको लम्की चुहा नगरपालिका ६ गुलाराममा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

,गाडीको ठक्करबाट २३ बर्षिय मयाराम चौधरीको ज्यान गएको हो।  पुर्ब पश्चिम् राजमार्ग लम्कीमा राति ११ बजे गाडीले ठक्कर दिएर भागेको हो ।

,ठक्कर दिने गाडी अहिले सम्म पत्ता लाग्न सकेको छैन भने ठक्कर दिने गाडी बस ,ट्याक्टर ,ट्रक के हो भन्ने पनि पत्ता लाग्न सकेको छैन।

lekbesi

मैयाराम ग्यारेजमा काम गर्थे उनि काम गरि घर फर्कने क्रममा गाडीको ठक्करबाट ज्यान गएको अवस्थामा फेला परेका थिए ।

,बसले ठक्कर दिएको भए यात्रुलाई थाहा भईहाल्थ्यो यो ट्रक वा ट्याक्टरले हानेको हो भने स्थानियले जानकारी गरेका हुन् ।,

,मयारामले बिहे गरेको एक वर्ष भएको थियो । उनको ६ महिनाको छोरा छ, ,घटनाको दोषी पत्ता लगाईदिन मागगर्दै उनकी श्रीमती सहित आफन्त मृतकको शव अगाडी राखेर विलौना गरेका छन्।  ,