कैलालीमा न्याय माग्दा स्वबियु सभापति जेलमा ,

माघ १८ ,कैलाली – कैलालीको गुलारामा भएको घटनामाको दोषीलाई कारवाहीको माग गर्दा प्रहरीले पिडितमा अन्या गरेको छ ,।

पिडितको पक्षमा आवाज उठाउदा लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी ,उपसभापति हेमराज धमला ,सुरज रावल लगायतलाई ईलाका प्रहरी कार्यालय मोतिपुर पक्राउ गरि थुनामा राखेको हो ।

,हिजोराति ११ बजे ग्यारेजबाट काम गरि आफ्नो घरतर्फ फर्कदै गर्दा गाडीको ठक्करबाट कैलाली चुहा नगरपालिका ६ का २३ बर्षिय मयाराम चौधरीको ज्यान गएको हो।

ठक्कर दिने गाडी अहिले सम्म फरार छ ।,ठक्कर दिने गाडीलाई खोजि दोषीमाथि कारवाहीको माग गर्दा प्रहरीले उनीहरुमाथि बल जबर्जस्ति गरि लगेर थुनामा राखेको हो ।

,मृतककि श्रीमती सडकमा बसेर विलौना नगरेकी छिन उनको ५ महिनाको बच्चा छ ,।उनको सहारा भनेको श्रीमान भएपनि अब भने बाच्ने आधारनै रहेन ,कैलालीमा पटक पटक यस्ता घटना दोहोरिने गरेका छन् ,।