जनयुद्दका नेता स्वीकार तर जनयुद्द स्वीकार नगर्ने मन्त्री पुन ,
माघ १८ ,काठमान्डौ – जनयुद्दका नेता स्वीकार तर जनयुद्द स्वीकार नगर्ने प्रवृति रहेको उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले बताएका छन्।
, १० वर्षे जनयुद्दका कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह समेत गरेका हुन् ।
जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको मन्त्री पुनको तर्क रहेको छ ।
जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्धचाहिँ कसरी गलत भयो भन्ने प्रश्न गरेका थिए ।
सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उदघाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले भने ।
जनायुद्दले समाजमा ठुलो परिवर्तन ल्याएको र जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे ।
देशमा धेरै परिवर्तन हुन बाँकी रहेको र सहिदका सपना साकार पार्न आफुहरु तत्पर लागिरहेको समेत उनले बताए ।