नेकपा बैठकका सचिवालयका कोहिपनि बोल्न नपाउने मात्र सुन्ने ,

माघ १८ ,काठमान्डौ – सत्तारुढदल नेकपाको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल टुङ्गिएको छ ।
१५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ ।
अब बैठक भोलि १ बजे बसेर केन्द्रिय कमिटि बैठक सकिने छ ।,केन्द्रीय कमिटी बैठक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै वरिपरि घुमेको छ र नेताहरुले सचिवालय सदस्यहरु पनि बोल्नुपर्ने माग गरेका छन् ।


तर भोलि सचिवालयका केही पनि नबोली बैठक सकिने भएको छ ।भोलि सचिवालयका कोही पनि नबोल्ने निर्णय रहेको सचिवालयका एक् नेताले बताए ।
,भोलि आईतबार १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएको प्रश्नको उवाफ दिनेछन् ।
बैठकले राजनीतिक र सांगठनिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव पास गर्नेछ ।
