कांग्रेस पार्टी भनेको म्याद गुज्रेको औषधि हो सिके रावत ,
माघ १८ ,राजविराज – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफु परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन् ।
जनमत पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा बोल्दै सिके रावतले भने मधेशको परिस्थितिका कारण म राजनीतिमा आएको हुँ कुनै रहरले होइन ।
तेस्तै कांग्रेस, नेकपा र मधेसी दलका नेताहरू म्याद गुज्रेको औषधि सरह रहेको सिके रावतले बताएका छन्।
३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने जसले र्याक्सन मात्र गर्ने उनले बताए।
नेकपाले कृष्णबहादुर महरालाई, कांग्रेसले मोहम्मद अफताब आलमलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकाले पार्टीले मधेसीलाई कहिले पनि संरक्षण नगर्ने बताए।
अहिलेका पार्टीहरु खिया लागेर बसेका कवाडी गाडी जास्ता हुन्। तेसैले जतिखेर पनि बन्द हुने र दुर्घटना हुनसक्ने उनले बताए।
,तेस्तै उनले भने मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रीत दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको छ।
मधेशका समस्याहरु अहिले पनि उस्तै छन् राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको समेत डा. राउतको भनाइ छ ।