नेकपा उपाअध्यक्षमा वामदेव ,

माघ १९ ,काठमान्डौ – नेकपा सचिवालय सदस्य वामदेव गौतम केन्द्रिय उपाअध्यक्ष भएका छन् ।

नेकपाको बुधबार देखि जारि केन्द्रिय समिति बैठकमा महासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।

गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

lekbesi

सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो । स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगेर गौतमलाई उपाध्यक्ष बनाइएको हो ।