छाउगोठ भत्काउन पुगेका प्रहरीलाई महिलाले भैसी बाँध्ने किलाले हानेपछि ,
माघ १९ ,अछाम -अछाममा छाउगोठ भत्काउन पुगेका प्रहरीलाई महिलाले भैँसी बाँध्ने किलाले हानेकी छिन ।
,बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथि महिलाले कुटपिट गरेकी हुन् ।
धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउँदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको प्रहरीले जनाएको छ ।
साउदका अनुसार घर भत्काउने पुर्व जानकारी नगरी एक्कासी आएर गोठ भत्काउन थालेपछि भैंसी बाँध्ने किला प्रहार गरेको स्थानीयले बताएका हुन् ।
कैलाको मेरुदण्डमा निलडाम हुनेगरी छोट लागेको छ ,किला प्रहार गर्ने महिला साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छाउगोठ भत्काउदा अवरोध गर्ने जोकोहीलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।
अछाममा मात्र ३२ हजार भन्दा बढी छाउगोठ छन् ,गत पुष महिना देखि माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ प्रहरीले भत्काएको छ ।
छाउ गोठ भत्काउन प्रहरी पुग्दा धेरै मात्रामा महिला हरुले भत्काएपनि आफुहरुले पुन: घर बनाउने प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समययता छाउगोठमा सर्पले तोकी महिला हरुको मृतु हुने गरेको घटना बाहिर आएपछि सरकारले ध्यानाकर्षण गरेको थियो ।
,जसको लागि छाउगोठ भत्काउन गृहमन्त्रालयले जानकारी गरेको थियो।