बलात्कार आरोपमा निलम्बित परेका एसएसपी राणाले गरे आत्मसमर्पण ,
माघ १९ ,काठमान्डौ – बलत्कारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आत्मसर्मपण गरेका छन्।
पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफै पुगेका हुन् ।
यो संगै उनीमाथि लागेको आरोपको छानबिन प्रक्रिया अगाडी बढ्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए।
यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो।
झापाकी एक महिलाले राणाले आफूलाई पटक–पटक बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि गृहमन्त्रालयले राणालाई पदबाट निलम्बन गरेको थियो।
पीडित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार नै स्वास्थ्य परीक्षण भएको छ।
एसएसपी राणाले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन्।