ढिकी कुटी भिडियो सार्वजनिक ,

सिलिगुडी , दार्जिलिङमा रहेर लोक गीत संगीतका माध्यम बाट लोक गायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायिका नवनीत आदित्य वाइबाले नयाँ म्युजिक भिडियो “ढिकी कुटी” सार्वजनिक गरेकी छिन ।

महिलाहरुका पिडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने नवनीतका गीतहरुमा नेपाली समाजको झझल्को पाइन्छ ।

ढिकी कुटी गितमा पनि एउटी युवतीले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयानलाई झल्काईएको छ ।

गीतलाई धरान हुँदै नागाल्याण्ड र गायिकाको घर पश्चिम दार्जिलिङ पहाडमा छायांकन गरिएको छ ।

यस गीतमा स्वर नवीनत आदित्य वाइबाको रहेको छ भने शब्द गायिका वाइबाकै रहेको छ ।

गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ ।गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठले गरेका हुन । स्वयम् गायिका वाइबा

फ़िचर्ड म्युजिक भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन् । नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो ।

गायिका नवनीत आदित्य वाइबा , स्वर्गीय बरिस्ठ लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन ।

आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा “आमालाई श्रदान्जली” नामक एल्वम समेत प्रकाशनमा ल्याईएको थियो ।

“ढिकी कुटी” केहि अनुभवी, साथीभाई र शुभचिन्तकहरुको सयुक्त प्रयास बाट जन्मिएको कोशेली हो ।

यस गीतलाई माया गरिदिन गायिका वाइबाले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।

भिडियोलाई गायिका वाइबाको अफिसीएल युटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।