surkhet

कर्णालीका सरकारी कार्यालयमा १० बजे देखि ४ बजे सम्म फेसबुक बन्द गर्न गृहकार्य सुरू ,,

surkhet

११ चैत, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन् ।कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै आधिकारिक रुपमा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र पठाउने छ ।

Gorkha

मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गरेका छन् । ‘कार्यालय समयमा फेसबुकमा प्रतिबन्ध लगाउने तयारीमा छौं,’ मुख्यमन्त्री शाहीले भने,’त्यसैका लागि आज विहान इन्टरनेट सेवा प्रदायक केही कम्पनीका प्रमुखसँग कार्यालयमै छलफल भएको हो ।’यसपछि विद्यालयहरुमा पनि फेसबुक चलाउन यसरी नै प्रतिबन्ध लगाउने तयारी गरिएको मुख्यमन्त्री शाहीले बताएका छन् ।

छलफलपछि अबको केही दिनमै जनतासँग सम्बन्ध राख्ने सरकारी कार्यालयहरुमा विहान १० देखि ४ बजेसम्म फेसबुक बन्द हुने मुख्यमन्त्री शाहीले बताए । यसै गरि यो कार्य विद्यालयमा पनि सुरु गरिने छ महेन्द्र बहादुर शाहीले सम्बन्धित कम्पनीहरुले १० देखि ४ बजेको समयमा फेसबुक नचल्ने व्यवस्था मिलाइदिने गरी छलफल भएको जानकारी दिय ।

salyan