गुण्डागर्दीमा संलग्न फरार अभियुक्त पक्राउ ,
माघ १९ ,काठमान्डौ – गुण्डागर्दीमा संलगन फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
,काठमान्डौको महानगरपालिका २७ ज्याठा रहेको होटल संकटा एण्ड अपार्टमेण्टमा खाएर पैसा माग्दा होटेल साहुलाई धारिलो हतियार देखाएर फरार अभियुक्तलाई महानगरीय अपराध माहाशाखाले पक्राउ गरेको बताएको छ ,।
उनीहरुले होटेलको कोठा समेत फोरेर भागेका थिए। ,पक्राउ पर्नेमा मनाङ नेसाङ गाऊपालिका वडा नं. ७ भई हाल काठमान्डौ पकनाजोल बस्ने ३० वर्षका अजय भन्ने कोर्ते गुरुङ र मनाङ नेसाङ गाँउपालिका वडा नं. ३ हाल काठमान्डौ सानोभर्याङ बस्ने ४५ वर्षका टासी गुरुङ रहेका छन् ,।
उनीहरु दुवैलाई काठमान्डौ ज्याठाबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी गरे , ।
पक्राउ परेका दुवैजना लागु औषध मुद्धामा सजाय भोगेको साथै बिभिन्न अपराधहरुमा संलग्न रहेको अनुसन्धानमा खुल्न आएको थापाले जानकारी गरे ।
पक्राउ परेका दुवैलाई अनुसन्धान गरि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।