बलात्कार आरोपी विदेश जानलाग्दा विमानस्थलमा पक्राउ ,

माघ २० ,काठमान्डौ – बलात्कारको आरोपमा विदेश भाग्न खोज्दा एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार विमानस्थलबाट उनलाई पक्राउ गरेको हो ।

जेठ १४ गते धादिङ गजुरीको बस्नेत गाउँमा हेमनले स्थानीय १६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेका थिए ।

lekbesi

उनले ढोका फोरेर ति युवतीलाई जबरजस्ती गरेका थिए ।त्यो बेला हेमन स्काईभेटर चलाउथे र घटनापस्चात उनि फरार रहेका थिए।

घटनापछि हेमन केही समय भारतका विभिन्न ठाउँमा लुकेर बसेको र बुधबार वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जान लागेको बेला पक्राउ गरिएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।