surkhet

हराएको मोबाईल अन हुँदा पत्ता लागे हत्यारा ,

surkhet

माघ २१ हेटौंडा – हेटौंडा ११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका ५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो ।

मृत अवस्थामा फेलापरेकी अजिताको हत्या भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

Dailekh

१५ दिनपछि हत्यारा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् ।घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।

 

यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

Gorkha

हत्यापछि अजिताको मोबाइल आशिषले लगेको पाइएको छ । बुद्ध लामाले अजिताको हत्यापछि आशिषलाई मोबाइल दिएका थिए ।

त्यसपछि आशिषले आफ्नी पत्नी एलिसालाई अजिताको हराएको मोबाइल दिए । उक्त मोबाइल ‘अन’ भएपछि प्रहरीले अजिताको हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यौन सम्पर्कपछि पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको उपरीक्षक सुशीलसिंह राठौरले बताए।

 

salyan