surkhet

समय सन्दर्भ रोचक अनि सत्य कथा ,,

surkhet

चैत ११ – रोचक अनि सत्य कथा गाईको मासुसँग मिल्ने समय सन्दर्भ कथा,,

एउटा गिद्धको बच्चाले भन्यो – “बुवाआज मलाई मान्छेको मासु खान मन लागेको छ ।”
गिद्धले भन्यो – “हुन्छ बाबू ! म बेलुका लिएर
आउँछु ।” यति भनेर ऊ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो ।

बच्चाले भन्यो – “यो त सुँगुरको मासु हो, मलाई त मान्छेको मासु खान मन लागेको छ।” गिद्धले भन्यो – “पर्खि ! म बेलुकासम्ममा बन्दोबस्त गर्छु ।” फेरि यति भनेर ऊ उड्यो ।

Dailekh
Gorkha

बेलुकी मरेको गाईको मासु लिएर आयो । बच्चाले
रिसाउँदै भन्यो – “यो त गाईको मासु हो, मैले त
मान्छेको मासु भन्या थिएँ।”

गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकिदियो । केही समयपछि त्यहाँ मान्छेका लाशहरू बग्रेल्ती भेटिए ।

गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए ।

गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो – “यो सब चमत्कार तपाईंले कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?” गिद्धले भन्यो – “छोरा ! केही धुर्त मान्छेहरूले आफ्नो स्वार्थका लागि धर्ममा भाइरस फैलाएका छन् अनि मर्न र मार्न तयार हुन्छन् । त्यसैले तँ मज्जाले मासु खा … ! तस्बिर ,लेख राजेन्द्र बुढाको फेसबुक बाट साभार ,,

salyan