Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीले अब मनोरंजनपनि गर्ने बाँसुरी बजाउदा सबै चकित ,

Gurvakot

माघ २१ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सरकारी निवास बालुवाटारमा सारंगी साँझको आयोजना गरेका छन्।

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ गरिने जानकारी भएको हो।

सारंगीको धुनसँगै नेता र मन्त्रीले खानपिन गर्ने छन्। त्यसको लागि सचिवालयका नेता र मन्त्रीहरु बालुवाटार पुगिसकेका छन्।

lekbesi

नेकपा वरिष्ठ नेताद्वयझलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी रहेकाे प्रधानमन्त्रीका सल्लहाकार सुर्य ब थापाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले बाँसुरीको धुन बजाउदा उपस्थित नेताहरु चकित परेका थिए ।

ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाए।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै पोखरा गएका छन् ।सारंगी साँझमा नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी थिए।

Simta