चीनमा रहेका नेपालीमा कसैमाथि कोरोनाको संक्रमण छैन ,

माघ २२ ,काठमान्डौ – चीनमा रहेका कुनैपनि नेपालिमा कोरोमा संक्रमण नरहेको चीनले बताएको छ ।

हिजो मंगलबार राजधानीमा संचारकर्मीहरु संग कुरा गर्दै चिनियाँ राजदूत होउ यान्छीले यस्तो कुरा बताएकि हुन् ।

उनले भनेकी छिन चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेका छन् यदि उनीहरुलाई नेपाल फिर्ता गरे हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न जरुरि छ ।

lekbesi

नेपालले आफ्ना नागरिकलाई फर्काउन चाहन्छ भने हाम्रो सल्हा छ, कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।

चीनमा रहेका नेपालि विद्यार्थीहरु बेइजिङस्थित नेपाली दूतावस र चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभागसँग नियमित सम्पर्कमा रहेको राजदूत यान्छीले बताइन् ।

नेपालले पनि आफ्ना नागरिकलाई नेपाल फिर्ता ल्याउने तयारी गरेको छ ।फिर्ता गरेका नागरिकलाई राख्ने बास्थान खोजिरहेको बेला संसदमानै यसको आवाज उठेको छ ।

चीनको वुहानबाट केहिहप्ता अगाडी मात्र फैलीएको कोरोन संक्रमणबाट चीनमा ४ सय ५० भन्दा बढीको ज्यान गैसकेको छ ।

तेस्तै कोरोनबाट चीनमा १५ हजार भन्दा बढी संक्रमित छन् । कोरोना अहिले विश्वका केहि रास्ट्रमा समेत फैलिसकेको छ ।,