बाँसुरीको धुनले भन्छ मेरो मनले प्रधानमन्त्री ओली संगीतप्रेमी ,

माघ २२ ,काठमान्डौ -मानिसको जीवनमा संगीत अपरिहार्य हो । संगीतले मानिसलाई आनन्द तुल्याउछ ।

तेही भएर प्रधानमन्त्री निवास वालुवाटारमा पनि यस्ता सांगितक कार्यक्रम भैइरहनछन।तेस्तै प्रधानमन्त्री ओलिपनि संगीत प्रेमी हुन् ।

,हिजो मंगलबार साँझ वालुवाटर संगीतले गुञ्जियो ।प्रधानमन्त्री ओलीले बाँसुरीको धुन बजाउदा सबै नेता चकित परे तेसैमा नेता झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे ।

बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो ।

सारंगी साँझमा सत्तारुढ दलका शीर्ष नेताहरु,संगै उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल, गृह मन्त्रि रामबहादुर थापा ,संचार मन्त्रि गोकुल बास्कोटा र महासचिव विष्णु पौडेल सहभागी रहेकाे प्रधानमन्त्रीका सल्लहाकार सुर्य ब थापाले जानकारी दिए।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वनिर्धारित कार्यक्रम अनुसार नै पोखरा गएका छन् ।

प्रधानमन्त्रीले नेकपाको केन्द्रीय कमिटी बैठक सकिएका दिन आइतबार बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रीभोज दिएका थिए ।