लिलिबिलीको हावासरि बोलको गीत सार्बजानिक ,,

चैत ११ – काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘लिलिबिली’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ । चलचित्रको २ वटा गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । उक्त गीतमा प्रदीप र प्रियंकाको रोमान्स अनि फिचरिङ्ग मा देखईयाको छ
यसको निर्माणपक्षले चलचित्रमा समावेश ‘हावा सरी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सुदिप बरालले खिचेका छन् ।भिडियोलाई टर्कीको इस्तानबुलमा खिचिएको छ ,
एस.डी योगी र मेनुका पौडेलको स्वर रहेको यो गीतमा एस.डी योगीको संगीत, दिपेन्द्र घिमिरेको शब्द छ । यो चलचित्रलाई मिलन

चाम्सले निर्देशन गरेका हुन् । गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप र प्रियंकाको अलवा नव-नायिका जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

