चिनी उधोगी अग्रवाल धुरु धुरु रुन थालेपछि उखु किसान झन् चिन्तित ,
, सरकारले एक अर्ब ११ करोड अनुदान र नौवटा उद्योगले ८८ करोड उखुको बक्यौता रकम किसानलाई दिन बाँकी छ ।
माघ २२ ,काठमान्डौ – गत केहि महिना अगाडीमात्र उखु किसानहरु आफुहरुले उखुको बक्यौता नपाएको भन्दा रुदै आन्दोलनमा उत्रीएका थिए ।
सर्लाहीबाट काठमान्डौको माईतिघरमा आएर आन्दोलन गरेका उखु किसान हरुलाई सरकारले सहमति गर्दै फिर्ता पाठाएको थियो ।
उधोग मन्त्रि लेखराज भट्टले किसानको पैसा छिट्टै उपलाबधाउने वाचा सहित रोईरहेका किसानलाई घर फिर्ता गरे ।
तर ति किसानहरुले अझै सम्मपनि उखुको पैसा पाएका छैनन् र पुन : आनोद्लन गर्ने तयारी गरेका छन् ।
तर अचम्म त के भयो भने उखु किसान मात्र हैन पैसा दिने चिनी मिल उधोगका मालिक पनि रुन थालेका छन् ।
गत शुक्रबार जिल्ला प्रशाशन कार्यालय नवलपरासीको पहलमा चिनी मिल सञ्चालक र अगुवा उखु किसानका बीचमा छलफल भइरहेको थियो।
प्रमुख जिल्ला अधिकारि शम्भु प्रसाद मरासिनीको कर्यकक्षमा चिनी मिल उद्योगी राकेश अग्रवाल, उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादव, स्थानीय राजनीतिक दलका प्रतिनिधी, पत्रकार लगायत १५/२० जना सहभागी थिए।
छलफलमा किसानको पैसा तुरुन्तै भुक्तानी गर्नुपर्ने आग्रह गर्दा उद्योगि राकेश आग्रवाल धुरु धुरु रुनाथाले ।
उनले भने सधै एसरि टचर दिने हो भने मा कसरि पैसा तिर्ने यो भन्दा मलाई लगेर थुनामा राख्नुहोस सिडियोसाप भनेर रुदै गरेको भिडियो सार्वजानिक भयो ।
दुख पाएका र १८ महिना लगाएर उत्पादन गरेको उखुको मूल्य नपाउदा रुनु त ठिकै हो तर पैसा दिने मालिकपनि रुन थालेपछि किसान झनै चिन्तिंत छन् ।
अग्रवालको नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रीले १० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ।
अग्रवालकै सर्लाहीस्थित अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रीले पनि २० करोड भुक्तानी गर्न बाँकी छ।अग्रवालले रुदै भने ५ महिना अगाडिबाट किसानले मेरो उदोगमा ताला लगाएका छन् ।
चिनी निकाल्न पाएको छैन ,मैले कसरि पैसा तिर्ने उनले भने ।चिनी बेचेर ,घर बेचेर मा किसानको पैसा तिर्छु तर मलाई समय त चाहियो ।
उद्योग मन्त्रालयको पछिल्लो विवरण अनुसार, सरकारले एक अर्ब ११ करोड अनुदान र नौवटा उद्योगले ८८ करोड उखुको बक्यौता रकम किसानलाई दिन बाँकी छ ।
अग्रवालको चिनी मिल भने वर्ष बन्द रहने छ ।किसानको पैसा नतिरे अग्रवाललाई ठगि केसको मुद्दा हाल्ने किसान प्रतिनिधिहरूले बताएपछि अग्रवालले पैसा दिने प्रतिवादद्दा गरेका थिए ।
,उनले भनेका छन् मलाई समय चाहियो २० करोड भन्ने ठुलो कुरा होइन ७ करोडको छिन् बेच्न बाँकी छ ।घर बेच्छु तिर्छु तर समय दिनुहोस मिलको ताला खोल्दिनुहोस ।