सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन,
माघ २२ ,काठमान्डौ – सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ ।
नेपाल टेलिभिजनका पुर्व महाप्रबन्धक, वरिष्ठ सञ्चारकर्मीको रुपमा काम गरेका उनको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।
गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो ।
७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । उनका दुई छोरा र श्रीमती छन् ।