ललिता निवास जग्गा प्रकरण : कांग्रेस उपसभापति विजय गच्छादार स्वत निलम्वित ,

माघ २२ ,काठमान्डौ – कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदारविरुद्द अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनि प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् ।

उनिविरुद्द लागेको मुद्दा अन्तिम किनारा नलागेसम्म गच्छदार सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् ।

तेती मात्र हैन यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवननै समाप्त हुने देखिन्छ ।

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।