भाटभटेनिका संचालक मिनबहादुर गुरुङ सहित १७५ जनालाई भ्रस्टचार मुद्दा दायर ,

माघ २२ ,काठमान्डौ – ललिता निवास जग्गा अनियमितता प्रकरणमा बुधबार १७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

यस्तै, ललिता निवास जग्गा छानविन समितिले भू-माफिया भनेर किटान गरेका डा। शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ।

ढकाल र सुवेदी यो जग्गा अनियमितता प्रकरणका मुख्य योजनाकार हुन्।अख्तियारको आरोपपत्रमा सुवेदीकी पत्नी माधवी सुवेदीसँग ९१ लाख तथा शोभाकान्त ढकालकी पत्नी उमाकुमारी ढकाल्नीसँग ९१ लाख र छोरी लक्ष्मी ढकालमाथि ३ करोड २८ लाख माग दाबी गरिएको छ ।

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित दुई पूर्वमन्त्री र तीन पूर्वसचिवसमेतलाई मुद्दा दायर भएको छ ।

ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा अदुअआले अख्तियारले उनीहरूविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।