चीनबाट नेपालि फिर्ता गर्दा सरकारले ध्यान पुर्याउनु पर्ने कुराहरु ,
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ,
माघ २३ ,काठमान्डौ – अहिले चीनमा कोरोना भाईरसको महामारी छ । २५ वटा देशमा फैलिसकेको कोरोनाका संक्रमित नेपालमा समेत फैलिन सक्ने डर रहेको छ ।
चीनको वुहानबाट केहिहप्ता अगाडी मात्र फैलीएको कोरोन संक्रमणबाट चीनमा ५ सय भन्दा बढीको ज्यान गैसकेको छ भने २० हजार भन्दा बढी यो भाईरसबाट संक्रमित ब्याक्ति छन् ।
चीनमा रहेका १८० नेपालिहरुलाई नेपाल सरकारले फिर्ता गर्ने तयारि गरेको छ । चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना भाईरस संक्रमित नरहेको चीनले दाबि गरेपनि नेपालमा भने यसको डर सबैलाई छ ।
चीनबाट नेपालि नागरिकले आफुहरुको उदार गर्ने भन्दै आवाज उठाएपछि नेपाल सरकार तयारी मा त छ तर कसरि ल्याउने र कँहा राख्ने भन्नेमा अझै अन्योलमा छ ।
यस्तो बेलामा नेपालि फिर्ता गर्दा नेपाल सरकारले उक्त विषयमा ध्यान दिनुपर्ने चिकित्सकको सल्हा छ ।
चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो । उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ ।
उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ ।
यो भाइरस जिव जनावरबाट ब्ताक्तिमा सर्ने हुँदा डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको सरकारले नेपाली चीनबाट फिर्ता ल्याउदा यस्तो सल्हा दिनुहुन्छ ।
१. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्दछ । त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ ।
२. ती १८० जना मध्ये १ जनालाई पनि संक्रमण नभएको ग्यारेन्टी हुनु पर्दछ । १-२ जनालाई संक्रमण भएको रहेछ भने प्लेनभित्रका सबैजनालाई सर्न सक्छ ।
३. यहाँ एयरपोर्टमा ल्याण्ड गरेपछि आइसोलेसन सेन्टरमा पुर्याउने बेला अरुलाई नसरोस् भनेर विश्वस्त उपाय अपनाउनुपर्छ ।
४. आइसोलेसन सेन्टरमा १ कोठामा १ जना राख्ने, एट्याच बाथ रुम हुनुपर्ने, एकलाई अर्कोसँग भेट नगराउने, भर्यांग/ सिंढी / कोरिडोरमा एकअर्कोको सास नजाने बातावरण मिलाउनुपर्छ ।
५ .अन्यथा ती १८० जना मध्ये एकजनालाई मात्र रहेछ भने पनि अरुलाई सर्न सक्छ । होटेलमा वा होस्टेलमा राखे जस्तो कोठा सेयरिंग गर्न मिल्दैन ।
६. उनीहरुलाई खाना, पानी, पत्रिका, पुस्तक आदि पुर्याउनको लागि सुरक्षित उपायको ब्यबस्था गर्नुपर्छ ।
७. आइसोलेसन सेन्टरको फोहोर जलाउने ब्यबस्था गर्नुपर्छ ।
८. त्यो केन्द्र वरिपरीको बस्तीलाई रोग नसर्ने प्रत्याभूति गराउनुपर्छ । बस्ती भएको ठाउँमा आइसोलेसन सेन्टर राख्न मिल्दैन ।
९. आइसोलेसन केन्द्रमा नियमित जाँचको ब्यबस्था मिलाउनु पर्छ । त्यसको लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउने उपायको व्यवस्था गर्नुपर्छ ।
१० . १४ दिन आइसोलेसन केन्द्रमा राखेपछि उनीहरु १०० % निस्संक्रमित भएको आधिकारिक रिपोर्ट दिएर परिवारलाई जिम्मा लगाउनुपर्छ ।
११. लामो मानसिक पीडा भोगेका उनीहरुलाई मनोवैज्ञानिक परामर्शको ब्यबस्था गर्नुपर्ने हुनसक्छ ।
१२. आइसोलेसन सेण्टरलाई सधै निर्मलिकरण गर्नुपर्दछ। १४-१८ दिनसम्म त्यहॉ बसेर घर फिर्ता भएपछि त्यो केन्द्रलाई पूर्णरुमा sterilized गर्नुपर्छ आदि ।