कोरोना भन्दा चिन्ता धेरै ,जसबाट बच्न निम्न उपाए छन् ,

माघ २३ ,काठमान्डौ – कोरोना भाईरस भन्दा बढी मानिसमा चिन्ता धेरै बढेको चिकित्सकको भनाई छ ।

चीनको वुहानबाट फैलीएको यो भाईरस अहिले २५ देशमा फेला परिसकेको छ ।तर चिकित्सकको भनाई भने यसमा आतिनु भन्दा पहिले ध्यानदिनुनै उत्तम रहेको बताउछन ।

चीनमा जसका कारण मर्नेको संख्या ५ सय नाघिसकेको छ ।तर चिकित्सक भने कोरोना भाईरस कम्जोर खालको भाईरस प्रमाणित भएको बताउछन ।

lekbesi

उनका अनुसार यसको मृतुहुनेमा १ प्रतिसत छ भने डर भने २ प्रतिशत छ ।हाल बिस्तारै कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ ।

चीनमा कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् ।सवा अरब जनसंख्या भएको चीनमा ५ सय जनाको मृत्यु हुनु कम क्षति हो ।

जसबाट बच्न निम्न उपाए अप्नाउन जन स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे,बताउनुहुन्छ,

– यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।

– यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।

– कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन् ।

– कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ ।

– हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।

– हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ । मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि ।

– कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।