गच्छदारलाई मुद्दा लागेपछि तरंगित बन्दै कांग्रेसको आकस्मिक बैठक बस्यो ,

माघ २३ ,काठमान्डौ – सभापति देउवा निवास बुढानिलकण्ठमा कांग्रेसको आक्समित बैठक चलिरहेको छ ।साथमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि बोलाईएको छ ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा साढे ९ करोडको विगो सहित भ्रष्टाचारमा अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसका शिर्षनेताको छलफल चलिरहेको छ ।
बैठकमा पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको छ ।


साथै संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सचेतक सरिता प्रसाईको सहभागी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
जसमा नेपालि कांग्रेसका उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको छ ।
गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।बिहानै १० बजेदेखि सभापति निवासमा कांग्रेसको बैठक बसिरहेको छ ।
