कर्णाली प्रदेश समृद्ध हुने धेरै अधार छन् मन्त्रि बिमला केसी ,

माघ २३ ,काठमान्डौ – कर्णाली प्रदेश समृद्ध बन्नमा धेरै समय नलाग्ने कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले समृद्ध बन्न नसक्ने दाबी गरेकी छन्।

कर्णाली प्रदेशबाट राजधानीमा आएर पत्रकारीता गरिरहेका पत्रकारसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री केसीले यस्तो बताएकी हुन्।

कर्णाली प्रदेशलाई समृद्द बनाउन तेती समय लाग्दैन ,कर्णाली समृद्द बने देशनै समृद्द बन्छ केसीले भनिन । कुनैपनि देश समृद्द बन्न देशले आफ्नो देशमा भएको साधनलाई प्रचुर मात्रामा प्रयोग गरेको यथार्थ छ ।

तेसैले नेपाल समृद्द बनाउन हामीले पनि आफ्नो देशमा रहेको जल जमिन ,जडिबुटि ,र जनशक्तिलाई नै प्रयोग गर्न सक्नुपर्ने मन्त्रि केसीले बताईन ।

कर्णाली प्रदेशमा जडिबुटीको भण्डार रहेपनि सहि उपयोग हुन नसकेको र तेस्को लागि विशेष पहल रहेको उनले बताईन ।

सात वटा प्रदेशमा कर्णाली भर्जिन गरेको भन्दै आफ्नो पाला सम्ममा कर्णालीलाई आधारभूत आवस्यकता पुरा गरि सम्पन्न गर्ने उनको भनाई छ ।

कर्णाली प्रदेशमा छोरी बचाउको लागि छोरी बैंक खाता संचालनमा ल्याएको पनि बताईन ।तेस्तै छिट्टै कर्णालीमा कृषि अनुदान लागु गर्नेपनि उनले बताईन ।

त्यसैले केन्द्र सरकारले कर्णाली प्रदेशका बारेमा गहन भएर सोच्नुपर्ने देख्छु। आजका दिनसम्म पनि मुख्यमन्त्रीको कार्यालयदेखि लगायत प्रदेश सरकारका संरचना आफ्ना छैनन्।

कुनै कार्यालय थप्दा वा सार्दा पनि केन्द्रको निर्णय र अनुमति लिनुपर्ने अवस्था छ। यसका बारेमा केन्द्र सरकार र मन्त्री परिषदबाटै प्रदेश सरकारका बारेमा उचित निर्णय हुन जरुरी छ।

मन्त्री केसीले प्रदेश सरकार साझेदारी नीतिका आधारमा सरकारले काम गरिरहेको बताएकी छन्। कर्णाली प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी केसीले तीन खम्बे अर्थनीतिका आधारमा प्रदेश सरकारले काम गरिरहेको बताईन।

छोरीका लागि बैंक खाता खोल्नेदेखि अर्गानिक प्रदेश विकासका रुपमा आफूहरुले काम गरिरहेको मन्त्री केसीको भनाई छ।

एकैचोटी परिर्वतन र प्रगतिशिल काम देखिने गरी हासिल नहुन पनि सक्छन्। तर, हामीले दृढ इच्छाशक्तिका साथ काम गरिरहेका छौं।

कार्यक्रममा सहभागि पत्रकारहरुले कर्णाली प्रदेशको विकासका लागि आर्थिक पारदर्शीता, कृषिमा लगानी, पर्यटनको विकास, यातायत र बाटोको विस्तारलगायतका विषयमा गम्भीर बन्न सुझाव दिएका थिए।