चीनलाई नेपालको एक लाख माक्स सहयोग ,
माघ २३ ,काठमान्डौ – चीनलाई नेपालले एक लाख माक्स सहयोग गर्ने भएको छ ।कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्कको अभाव भएपछि सरकारले एक लाख माक्स सहयोग गर्ने भएको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो।
नेपालले १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशजन दिएका हुन्।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारी सहितको विशेष बैठकमा यस्तो निर्देशन दिएका हुन्।
साथै चीनमा रहेका नेपालिलाई सरकारले फिर्ता गर्दा याँहा ल्याएपछि गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।
नेपालि चीनबाट ल्याएपछि शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकलाई ल्याउनसमेत उनले बैठकमा निर्देशन दिए।